काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले जारी गर्न लागेको १६० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तोकेको छ ।
नेप्सेमा आइतबार प्रकाशित सूचना अनुसार यो कम्पनीले आगामी फागुन १७ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ फागुन १६ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरुले हकप्रद सेयर खरीदका लागि आवेदन दिन पाउनेछन् ।
धितोपत्र बोर्डले गत माघ २८ गते प्राइम लाइफलाई १६० प्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको थियो ।
प्राइम लाइफले १०० रुपैयाँ अंकित दरको ९७ लाख ६३ हजार २ सय कित्ता सेयर निश्कासन गर्न लागेको हो ।
सिद्धार्थ क्यापिटल लिमीटेडले हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।
हाल यो कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको पूँजीकरणपछि चुक्तापूँजी बढेर १ अर्ब ५८ करोडको उचाईमा पुुग्नेछ ।
यो कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ११ करोड ५१ लाख खूद नाफा आर्जन गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19