काठमाण्डौ। आज बजार खुलेको सवा ३ घन्टामा नेप्से परिसूचक २००० को विन्दुबाट तल झरेको छ। 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १९९९.५७ को विन्दुमा झरेर कारोबार भइरहेको छ। यो बेलासम्म नेप्सेमा ३२.७६ अंकको गिरावट आएको छ। 

राम्रा र बलिया कम्पनीको सूचक पनि ५.०२ अंकले घटेर ३८४.९६ को विन्दुमा झरेको छ। कारोबार रकम ७९ करोड रुपैयाँ बढी भएको छ। 

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटै उपसमूहमा रातो पोतिएको छ। सबैभन्दा धेरै व्यापार समूहमा गिरावट आएको छ। यो समूहमा ३.६२ प्रतिशतको गिरावट आएको छ। 

अहिलेसम्म एनसीसी बैंकको सर्वाधिक ३ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। आँधीखोला लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी ४ प्रतिशतले बढ्दा हिमालयन पावर पाटर्नर र बलेफी हाइड्रोपावरको सेयरभाउ ८ प्रतिशतले बढीले घटेका छन्।