काठमाण्डौ । चालू आर्थिक वर्ष २०७३र७४ मा ८ अर्ब ७३ करोड रुपैयाँबराबरको हकप्रद (राइट) शेयर आउने भएको छ ।

बैङ्क, विकास बैङ्क, फाइनान्स, जलविद्युत् र बीमा गरी २१ ओटा कम्पनीको उक्त रकम बराबरको ८ करोड ७३ लाख कित्ता शेयर निष्कासन गर्न लागेका हुन् । ती कम्पनीमध्ये १३ वटा विकास बैङ्क, ४ ओटा फाइनान्स, २ ओटा वाणिज्य बैङ्क र एक एकओटा जलविद्युत् र बीमा कम्पनी रहेका छन् ।

ती कम्पनीमध्ये प्राइम कमर्शियल बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क तथा माउण्ट मकाउ विकास बैङ्क गरी तीनओटा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । ती बैङ्कले क्रमशः साउन २, ३ र ५ गते शेयर निष्कासनको अनुमति पाएका हुन् । निष्कासन अनुमति पाएका ती वित्तीय संस्थाबाट रू. २ अर्ब १२ करोडबराबरको २ करोड १२ लाख कित्ता शेयर निष्कासन हुँदै छ ।

प्राइम कमर्शियल बैङ्कले ३ः१ को अनुपातमा (३ शेयर कित्ताबराबर १) शेयर निष्कासन गर्ने भएको छ भने सेञ्चुरी कमर्शियल बैङ्कले १०ः३ र माउण्ट मकाउ विकास बैङ्कले १ः१.५ का दरले शेयर निष्कासन गर्न लागेको हो । पछिल्लो समय बढ्दै गएको शेयरबजारका बीच यी शेयर सार्वजनिक हुन लागेका हुन् । १ महीनाकै अवधिका शेयरबजारको आकार करीब दोब्बर हुन लागेको छ । पछिल्लो समय कारोबार रकम, कारोबार संख्या र लगानीकर्ता संख्यामा पनि उच्च वृद्धि भएको छ ।

हकप्रद शेयर निष्कासनका लागि पाइप लाइनमा रहेका वा स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका हिमालय बैङ्क, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सेण्टर फाइनान्स, कामना विकास बैङ्क र सेती फाइनान्सबारे बोर्डले अध्ययन गरी प्रतिक्रिया पठाइसकेको बताइएको छ ।

तर, ती वित्तीय संस्थाबाट हालसम्म कुनै जवाफ नआएको बोर्डले जानकारी दिएको छ  ।

सहारा विकास बैङ्क, अपी पावर कम्पनी, गुह्येश्वरी मर्चेण्ट बैङ्क एण्ड फाइनान्स, त्रिवेणी विकास बैङ्कको मागबारे भने अध्ययन भइरहेको बुझिएको अभियान दैनिकले लेखेको छ ।

ललितपुर फाइनान्स, नागबेली लघुवित्त विकास बैङ्क, अरनिको विकास बैङ्क, सप्तकोशी विकास बैङ्क, सेवा विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, मितेरी विकास बैङ्क, एनएमबी माइक्रो फाइनान्स र सिद्धार्थ बैङ्कलाई भने बोर्डले प्रतिक्रिया पठाइसकेको छ । कञ्चन विकास बैङ्क र नेको इन्स्योरेन्सको आवेदनमाथि भने बोर्डले कुनै काम कारबाही अघि बढाएको छैन । यी दुई वित्तीय संस्थाले क्रमशः साउन २४ र १२ गते मात्रै बोर्डमा आवेदन दर्ता गराएका हुन् ।