►धनकुमार राई

जहिले पनि  Trend लगानीकर्ताको सहयोगी मानिन्छ,  Technical बिधि बजारको Trend लाई बुझ्ने एक प्रभावकारी माध्यम हो । बजारको चालसँगै प्राप्त प्राविधिक संकेतहरुको प्राविधिक प्रतिक्रिया सारलाई बुझ्दा:

  • पछिल्लो ६ वर्ष देखिको नेप्सेको चालले सम्भावित अर्को  UP wave को तयारी पूरा गर्दै गरेको स्थिति देखिन्छ । (Refer Elliot Wave Chart)
  • पछिल्लो ३ वर्ष देखिको नेप्सेको चालले पनि अर्को BUY संकेत गरेको स्थिति छ ।  (Refer Bullish Gartley Chart) 
  • Dow Theory को अभ्यासले नेप्से सुचकांक Primary Trend भित्रै रहेर Pre Lunch Insider चरणमा रहेको र यो चरणमा विस्तारै खरिदकर्ताहरुले आफ्नो समर्थन प्राप्त गर्दै बजारलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकोले सोको म्यान्डेट प्राप्त गर्ने स्थिति देखिन्छ ।
  • RSI indicator - अधिक खरिदारी भइसकेको क्षेत्र TOP मा नभएको कारण बजारमा TOP तिरै बढ्ने तर घट्ने संकेत नभएको, Stochastic पनि अधिक खरिदारी भइसकेको स्थिति नभएका कारण बजारमा खरिददारी बढ्ने, तर घट्न संकेत नभएको, Daily MACD मा अझै  +ve Territory को प्रभाव नसकिएको अवस्था भएकोले positive indication पाएको अवस्था ।

यसरी बजारको सपोर्ट चरणमा प्राप्त कमजोर कारोबारले अन्योल सिर्जना गरे पनि विस्तारै खरिदकर्ताहरुको संघर्षपूर्ण प्रदर्शनले १२०० बिन्दु माथिको मनोबैज्ञानिक आधार तयार हुने र खरिदकर्ताहरुको नेतृत्व रहने देख्न सकिन्छ । 

प्राविधिक मान्यता अनुसार Low volatility ले जहिले पनि High volatility को संकेत गर्दछ ।

नेप्सेको घटिरहेको चाल संगै पछिल्लो वर्ष दिनको घट्दो बजारमा कमजोर कारोबार रकमले आउने बुलको संकेत नै मान्नुपर्ने अभ्यासले देखाए पनि आवश्यक औसत भन्दा अधिक स्तरमा कारोबार रकमको साथ आवश्यक देखिन्छ नै । बिगत २ वर्षको नेप्सेलाई अध्ययन गर्दा साप्ताहिक सुचकांकको १० प्रतिशतसम्मको उतारचढावलाई स्वभाविक र दैनिक ६० करोडसम्मको कारोबार रकमलाई औसत कारोबार मान्न सकिन्छ ।

बजारमा पर्याप्त तरलताको स्थिति सहज बन्दै र लगानीकर्ताहरुलाई Margin Trading लागू भई सहुलियतको अवस्था आउने र Interest rate को घट्ने प्रतिक्षा चाडै टुंगिने सम्भावनाले लगानीकर्तालाई सहयोग मिल्ने अवस्थाले लगानीकर्ताको मनोबल सकरात्मक बन्ने र कारोबार रकम बढ्ने आशा गर्न सकिन्छ । 

खरिदकर्ताहरुमा ब्याप्त डर तथा Moving Average(s) ले देखाएको negative signal ले बजारलाई प्रभावित पारे पनि यो sell signal  नभएकोले स्पष्ट Sell signal र Negative Divergence नआएको अवस्थासम्म  long term बुलिस चाल यथावतै रहने भएकोले ११३५ को सपोर्ट रहुञ्जेल वर्तमान अवस्थाले long term  लक्ष्य प्रभावी र अवश्यसम्भावी रहिरहन्छ । 

यसरी बजारमा घट्दो स्थिति अस्थायी र अन्ततः बजार राजनैतिक स्थायित्व, आर्थिक विकास आधारभूत पक्षसंग सापेक्ष प्रभावको सम्बन्ध राख्ने भएकोले अन्ततः बजारमा मार्गदर्शन हुने र बुल आउने अवस्था रहेकोले, आशावादी बनौं । विकासको क्रम रोकिने छैन र सूचिकृत कम्पनीहरुको आउँदै गरेको प्रगति विवरणहरुले पनि माथिका प्राविधिक संकेतहरुलाई सपोर्ट गरेको ठानेर उतारचढाव स्वभाविक रेञ्जमा हुँदै २१०० बिन्दु टाढा नरहेकाले सोअनुसार आफ्नो पोर्टफोलियो ब्यवस्थित गर्न सकिने देख्न सकिन्छ ।

नोटः प्राविधिक चित्र एउटै हुन्छ, तर विश्लेषकहरुको फरक दृष्टिकोणलाई अत्योशयोक्ति लिनुहुन्न । बजारमा जहिले पनि जोखिम बनिरहेकै हुन्छ, त्यसैले आफ्नो  Portfolio size, लगानी क्षमताअनुसार जोखिमको गणना लगानकिर्ताले आफैं गर्नुपर्दछ । 

(लेखक सेयर बजारका प्राविधिक विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)