काठमाण्डौ। लामो समयपछि सेयर बजार खुलेको तेस्रो दिन बुधबार पनि अधिकांश कम्पनीका सेयरमूल्य उछालसँगै दोस्रो पोजेटिभ सर्किट ब्रेक लागेको छ।

पहिलो पोजेटिभ सर्किट ब्रेकलगत्तै खुलेको बजारमा नेप्से परिसूचकमा २ मिनेटमै अर्थात ११ः३५ बजे ५ प्रतिशतको बढोत्तरी भएसँगै फेरि दोस्रो पोजेटिभ सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ। कोरोबार सुरु भएको १३ मिनेटमै नेप्से परिसूचकमा ४ प्रतिशतको उछालसँगै नेप्सले यसअघि पहिलो पोजेटिभ सर्किट लगाउँदै २० मिनेटका लागि कारोबार रोकेको थियो। 

दोस्रो पोजेटिभ सर्किट ब्रेकसँगै नेप्से परिसूचक ५ अंकले बढ्दै १३२३.८१ को विन्दुमा पुगेको छ। यो बेलासम्म नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ११० कम्पनीका १८ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

यो बेलासम्म सातवटा सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ भने अधिकांश कम्पनीको सेयरमूल्य बढेको छ।
सरकार परिवर्तनको हल्ला गाइँँगुुइँ भएसँगै यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ। सरकार परिवर्तन भएमा अर्थमन्त्री डा. युुवराज खतिवडाको बहिगर्मनलाई सेयर बजारले व्यग्र प्रतीक्षा गरेको कारणसमेत दिनहुुँ पोजेटिभ सर्किट लागिरहेको जानकारहरुको भनाइ छ।