काठमाण्डौ । सप्तरी जिल्लाका विभिन्न स्थानमा मंगलबार तीनजनाको मृत्यु भएको छ। ती तीनैजनामा कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ।
मृतकमा रुपनी गाउँपालिका– ५ गढियाका एक ४५ वर्षीय, डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय पुरुष रहेका छन्। तीनैजनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
रुपनीका मृतक डेढ महिनाअघि मलेसियाबाट आएका थिए। उनी होम क्वारेन्टाइनमा बसेका थिए। हिजो एक्कासि ज्वारो र श्वास फेर्न गाह्रो भएपछि उनलाई राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको यादवले जानकारी दिए।
यसैगरी डाक्नेश्वरी र राजगढका दुई वृद्धको भने उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको छ। उनीहरु दुवैलाई गत साउन १५ गते अस्पताल भर्ना गरिएको थियो। दुवैमा श्वासप्रश्वासको समस्या थियो।
प्रमुख यादवले तीनैजनाको स्वाब संकलन गरिएकोले पीसीआर नतिजा आएपछि मात्र कोरोना संक्रमण थियो वा थिएन भन्ने पुष्टि हुने जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago