काठमाण्डौ । तीन ओटा अलग- अलग जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
ती कम्पनीमा विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल रहेका छन् ।
यी तीनै वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६८ करोड ३५ लाख ७९ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६८ लाख ३५ हजार ७९७ कित्ता शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।
विकास हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ।धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
त्यस्तै, रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यसैगरी,लाफिङ्ग बुद्ध पावर नेपालले ६५ लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ।
धितोपत्र निष्कासन तथा ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19