काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ।

सेबोनले आज एक सूचना प्रकाशित गरी चालु आर्थिक वर्ष २०८०–८१का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र ८ वटा राष्ट्रियस्तरका विसका बैंकहरुको आस्वा सदस्यता नवीकरण भएको छ। 

यसैगरी क्षेत्रीयस्तरका ४ वटा विकास बैंक र अन्य ११ वटा फाइनान्स कम्पनीहरुको आस्वा सदस्यता पनि नवीकरण भएको छ।