काठमाण्डौ । सूचना तथा संचारमन्त्री शेरधन राईले चाँडै नै सूचनाप्रविधिको क्षेत्रमा सरकारले नयाँ प्याकेज घोषणा गर्न लागेको बताएका छन् । 

'लिभिङ विथ आइसिटी' पत्रिकाले यहाँ आयोजनाले गरेकोसुस्मित इन्टरनेशनल आइसिटी स्टार्टअप अवार्ड २०१६ सम्मान कार्यक्रममा संचारमन्त्री राईले सूचनाप्रविधिको पूर्वाधार विकास गर्न र इन्टरनेट सेवालाई विस्तार गर्न प्याकेज घोषणाको तयारी भइरहेको बताएका हुन् । 

‘केहीदिनमा सूचनाप्रविधका राम्राकार्यक्रम घोषणा गर्ने तयारीमा छौ।’ उनले भने । उनले सूचना प्रविधिमा नेपालले विस्तारै पाइला सारेको भन्दै अब सूचना र प्रविधीलाई आर्थिक विकाससंग जोडिने बताए ।  सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री राईले आइसिटीलाई देशको विकासमा जोडेर लैजानुपर्नेमा जोड दिए ।  मन्त्री राईले निकट भविष्यमा राज्यले पनि सूचना प्रविधिमा योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्ने जानकारी दिए । 

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)का अध्यक्ष विनोद ढकाल लगायतले सम्मान कार्यक्रमले सूचना प्रविधि क्षेत्रका मानिसहरुलाई अझ प्रोत्साहन मिलेको बताएका थिए । 

कार्यक्रममा 'आइसिटी स्टार्टअप २०१६' बाट ४ आइटी स्टार्टअप सम्मानित भएका थिए । सम्मानित हुनेहरुमासस्तो डिल प्रा.लि., कुल टेक्नो ल्याब प्रा.लि., यल्लो नेपाल प्रा.लि. र स्मार्ट समाज प्रा.लि रहेका छन् । साथै आइसिटी विशेष सम्मान कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई गरिएको थियो ।