काठमाण्डौ । पछिल्लो ४ दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब साढे ७ करोड कित्ता सेयर थपिएको छ।
नेप्सेमा ४ वटा वाणिज्य बैंकसहित १३ वटा कम्पनीका ७ करोड ४० लाख ९ हजार ४४३.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
नेप्सेमा आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंक गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यसैगरी नेप्सेमा हिजो फागुन ३ गते नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३०.६२१ कित्ता बोनस सेयर छन्।
गत आर्थिक वर्षका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत, मेरो माइक्रोफाइनान्सले २० प्रतिशत, महिला लघुवित्तले ४७.५ प्रतिशत र सिभिल लघुवित्त १९ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
यसैगरी फागुन २ गते नेप्सेमा ज्योति विकास बैंक र नेपाल ल्युब आयलको ४३ लाख १९ हजार ३५८.०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। जसमा ज्योति विकास बैंकको ४२ लाख २९ हजार ३०५.०६ कित्ता र नेपाल ल्युब आयलको ९० हजार ५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
गत वर्षका लागि लुम्बिनी ज्योति विकास बैंकले ११ प्रतिशत र नेपाल ल्युब आयलले ३० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
गत फागुन १ गते एकैदिन नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको थियो। यो दिन एनसीसी बैंकको कुल ८२ लाख ५१ हजार हजार ६१३.३४ कित्ता बोनस सेयर सूचीकृत भएको थियो। बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
त्यस्तै नेप्सेमा हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सको कुल १ करोड ५९ लाख ९२ हजार ५२६.३४ कित्ता बोनस सेयर सूचीकृत भएको थियो। जसमा हिमालयन डिस्टिलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता, मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३००.५३ कित्ता र आईसीएफसी फाइनान्सको १० लाख २८ हजार ४९४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
गत आर्थिक वर्षका लागि हिमालयन डिस्टिलरीले ७५ प्रतिशत, मुक्तिनाथले १७.५७५ प्रतिशत र आईसीएफसी फाइनान्सले १० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।
फागुन १ गते नै नेप्सेमा बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको कुल १ करोड ३४ लाख ३६ हजार ५६६.०३९ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको थियो। जसमा बैठक अफ काठमाण्डूको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता र लुम्बिनी विकास बैंकको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता बोनस सेयर छन्।
गत आर्थिक वर्षका लागि बैंक अफ काठमाण्डूले १० प्रतिशत र लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19