काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा ४ लाख रोजगार सिर्जना गर्ने घोषणा गरेको छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट प्रस्तुत गर्दै यसले ४ लाख नयाँ रोजगार सिर्जना हुने दाबी गरेका हुन् । 

सरकारले ४ लाखमध्ये एकलाख स्वरोजगार जनशक्ति सिर्जना गर्ने महत्वकांक्षी योजना समेत प्रस्तुत गरेको छ ।