काठमाण्डौ । हकप्रद सेयरका लागि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि अरुण भ्यालीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४२ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार अरुण भ्यालीको प्रतिकित्ता ३१३ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
हकप्रदका लागि अरुण भ्यालीले आज चैत ९ गते एक दिनका लागि बुक क्लोज गरेको छ। यसको अर्थ हिजो चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्र अरुण भ्यालीले घोषणा गरेको ५० प्रतिशत हकप्रदमा आवेदन दिन योग्य भएका छन्।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago