Mobile data
काठमाण्डौ । यदि तपार्इं मोवाइलको इन्टरनेट बिल र धिमा गतिको इन्टरनेटबाट दिक्क हुनुहुन्छ भने तपाईका लागि खुशीको खबर छ । प्रविधिले केही यस्ता सुविधा उपलब्ध गराएको छ, जहाँ तपाई थ्रीजी डाटामा फोरजीको प्रयोग गर्नसक्नुहुन्छ । साथै, यो डाटा चलाएबापत हुने खर्च समेत निकै कम गर्न सक्नुहुन्छ । आउनुहोस्, हेरौं डाटामा खर्च कम गर्ने निकै उपयोगी ६ टिप्स :
ट्रेकिङ डाटा एप प्रयोग गर्नुहोस्
ट्रेकिङ डाटा एपको मद्धतले तपाईले आफ्नो इन्टरनेटको मासिक लिमिट तय गरी आफ्नो बिल तथा खर्चलाई कम गर्न सक्नुहुन्छ । ट्रेकिङ डाटाले तपाईको इन्टरनेटमा धेरै खर्च गराउने एप्सहरुलाई नियन्त्रण गरिदिन्छ । यो एपलाई तपाईले गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । डाउनलोड गरेपछि इन्टरनेटको सेटिङमा गएर यसलाई एक्टिभ गरिदिनुहोस् । यो सेटिङपछि तपाईंले कुन एप प्रयोग गर्दा बढी पैसा खर्च भइरहेको छ भन्ने हेर्न पाउनुहुन्छ । ट्रेकिङ डाटाको मद्धतले त्यस्ता खर्चिला सेवा तथा एपहरुमाथि एक लिमिट फिक्स गरिदिनुपर्छ । लिमिट सकिएपछि त्यस्ता सारा एप्स आफसे आफ बन्द भइदिन्छन् । यो विधिबाट तपाईले मासिक डाटा चलाएबापतको खर्चमा २५ प्रतिशतसम्म कटौति गर्न सक्नुहुन्छ ।
अत्यावश्यक पर्दा मात्र लोकेटरको प्रयोग
मोबाइल डाटाको बिषयमा रिसर्च गर्ने एक अन्तर्राष्ट्रिय कम्पनीको रिपोर्ट अनुसार लोकेटरले सबैभन्दा धेरै डाटा खर्च गरिदिन्छ । यसकारण आफ्नो मोवाइलमा लोकेटरको प्रयोग सकेसम्म कम गर्नुहोस् । अत्यन्त आवश्यक पर्दा मात्र यसलाई प्रयोगमा ल्याउनुपर्छ । कतिपय मानिस यात्राको पूरा अवधि नै लोकेटरलाई अन नै राख्ने गल्ती गर्छन । यो प्रक्रियाले आफूले खोजेको लोकेशन त पत्ता लाग्छ, तर तपाईंको थ्रीजी डाटा फोरजीको स्पीडमा खर्च भइरहेको हुन्छ । यदि तपाईं मासिक १ हजार रुपैयाँ बराबरको मोवाइल डाटा प्रयोग गर्नुहुन्छ भने लोकेटरलाई नियन्त्रण गरेर मात्र त्यसमा १ सय रुपैयाँ बचाउन सक्नुहुन्छ ।
नोटिफिकेशन बन्द राख्नुहोस्
इन्टरनेटको डाटा खर्च गर्नमा नोटिफिकेशनको निकै ठूलो भूमिका हुन्छ । त्यसकारण यो अप्सनलाई पनि निकै जरुरी हुँदा मात्र प्रयोग गर्नुहोस् । अधिकांश समय मानिस अपडेट्सका लागि आफ्नो मोवाइलमा नोटिफिकेशनलाई अन नै राखिरहेका हुन्छन् । पीसी म्यागजिनका अनुसार लगातार मोवाइल नोटिफिकेशन अन राखिएमा तपाईंको कुल खर्चको ३० प्रतिशत नोटिफिकेशनले नै खर्च गराइदिन्छ । दिनमा अपडेट्ससँग जोडिन नोटिफिकेशन अन गर्नुहोस्, तर जब कुनै जरुरी पर्दैन, तब यसलाई तुरुन्तै बन्द गरिदिनुहोस् । यो विधि अपनाएर तपाईले ५ देखि १० दिनमै आफ्नो डाटा कम खर्च भएको प्रत्यक्ष अनुभव गर्न पाउनुहुन्छ । कतिपय एप्स यस्ता हुन्छन्, जसले तपाईंलाई जानकारी नै नदिई पनि नोटिफिकेशन पठाइरहेका हुन्छन्, यसमा पनि चनाखो हुनुपर्छ ।
लाइभ स्ट्रिमिङको ठाउँमा अफलाइन अप्सन
अधिकांश समय यस्तो पनि देखिएको छ कि तपाई भिडियो हेर्नका लागि लाइभ स्ट्रिमिङको प्रयोग गर्नुहुन्छ । तर यूट्यूब समेत कयौं यस्ता कम्पनीहरु छन्, जसले भिडियो हेर्नका लागि अफलाइन अप्सनको सुविधा समेत उपलब्ध गराउँछन । अफलाइनको ठाउँमा लाइभ स्ट्रिमिङबाट भिडियो हेर्दा ३० प्रतिशत बढी डाटा खर्च भइरहेको हुन्छ । यू ट्यूबमा आफूलाई मन परेको भिडियो अफलाइनमा समेत हेर्न सकिने सुविधा हुन्छ । यूट्यूबको सेटिङ अप्सनमा गएर यसको मोड परिवर्तन गर्नुपर्ने हुन्छ । अफलाइन भिडियो हेर्ने गर्दा तपाईंले ३० प्रतिशतसम्म मोवाइलको खर्च जोगाउन सक्नुहुन्छ ।
बच्नुहोस् बुस्टर योजनाबाट
सेवाप्रदायक कम्पनीहरुको बुस्टर प्लानको नामबाट तपाईंबाट पैसा असूलिरहेका हुन्छन् । तर यस्तो प्लान अन्तर्गत लिइने इन्टरनेटको स्पीड निकै कम हुन्छ । यो कारण तपाईंको डाटा बढी खर्च भइदिन्छ । यसकारण आफ्नो लिमिट निश्चित गर्नुहोस् ताकि तपाईंलाई यस्ता बुस्टर प्लानको कुनै खाँचो नहोस् ।
डाटा कम्प्रेसन फिचरलाई एक्टिभ गर्नुहोस्
ब्राउजिङको समय डाटा कम्पे्रशन फिचरलाई एक्टिभेट गरेर पनि तपाईंले आफ्नो इन्टरनेटको स्पीड बढाउन सक्नुहुन्छ र खर्चमा समेत कटौति गर्न सक्नुहुन्छ । क्रोमको डाटा सेभर फिचर प्राय हरेक कम्प्युटिङ प्लेटफर्ममा उपलब्ध हुन्छ । क्रोमको यो फिचर गुगल सर्भरको मद्धतबाट डाटाको अधिक प्रयोग कम गर्न सकिन्छ । हुन त इन्टरनेट डाटाको बचत यो कुरामा पनि बढी निर्भर हुन्छ कि तपाई कस्तो खालको कन्टेन्ट एक्सेस गरिरहनुभएको छ । गुगलको दाबी छ कि यो फिचरको मद्धतबाट प्रयोगकर्ताले ५० प्रतिशतसम्म डाटा बचाउन सक्छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19