काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाइएको छ। 

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलले आज एक सूचना प्रकाशित गरी उक्त योजनाको आर्थिक वर्ष २०७९–८०का लागि घोषित करसहित १० प्रतिशत नगद लाभांश इकाइधनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी गराएको छ। 

नगद प्रतिफल गत भदौ १७ गतेबाटै इकाइधनीहरुको सम्बन्धित बैंक खातामा पठाइएको क्यापिटलले जनाएको छ। बैंक खातामा लाभांश प्राप्त भए–नभएको यकिन गर्न पनि क्यापिटलले आग्रह गरेको छ। 

यस म्युचुअल फन्डको पुनः लगानीमा सहभागी हुन यसअघि नै आवेदन दिने सम्पूर्ण इकाइधनीहरुलाई सो योजनाअन्तर्गत प्राप्त थप इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा निकट भविष्यमा जम्मा गरिने पनि क्यापिटलले जनाएको छ। 

यो खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।