काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक कुमारी क्यापिटलको बिहीबार साँझ बसेको बैठकले कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई १० प्रतिशत (करसहित) र कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ६ प्रतिशत (करसहित) वितरण गर्ने निर्णय बैठकले गरेको छ। 

यी दुवै योजनाको प्रतिफल वितरणार्थ बुक क्लोजको मिति भने निकट भविष्यमै तय गरिने क्यापिटलले जनाएको छ।