काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशका लागि आर्थिक विकासको खम्बा भनेको कृषि तथा पशुपालन, उद्योग तथा व्यापार, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रहरु नै मुख्य रहेको बताएका छन्।
कोशी प्रदेशका लागि आार्थिक वर्ष २०८०–८१ को पूर्वबजेट सन्दर्भमा आयोजित अन्तर्क्रियामा अध्यक्ष राउतले आर्थिक क्षेत्रमा कोशी प्रदेश अरु प्रदेशभन्दा धेरै नै सम्भावना बोकेको प्रदेश बताए। ‘कोशी प्रदेशको दिगो आर्थिक विकासका लागि सम्भावित लगानीका क्षेत्रहरुको पहिचान गरी सोको प्रवर्द्धनमा प्रदेश सरकारले ठोस कार्यक्रमहरु ल्याई बजेट विनियोजन गर्नुपर्छ’, उनले भने।
सार्वजनिक निजी साझेदारी तथा सहलगानीका कार्यक्रम तथा आयोजनाहरुको छनौट कार्यान्वयन, मूल्यांकनमा प्रदेश उद्योग वाणिज्य महासंघको समेत अनिवार्य प्रतिनिधित्व हुनुपर्ने गरी व्यवस्था गर्नुपर्ने अध्यक्ष राउतको भनाइ छ। ‘आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, राजस्व वृद्धिलगायतका क्षेत्रमा महासंघ र प्रदेश सरकारबीच सहकार्य गरी व्यापार सन्तुलन एवं आन्तरिक स्रोत वृद्धि र परिचालनका क्षेत्रमा सहकार्य गर्न आवश्यक व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘महासंघ र जिल्ला स्थित उद्योग वाणिज्य संघहरुमार्फत कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नका लागि आवश्यक कार्यक्रम गर्न बजेट विनियोजन गरिनुपर्छ।’
अध्यक्ष महासंघको कोशी प्रदेशका तर्फबाट प्रदेश सरकारलाई आगामी बजेटका लागि १३ बुँदे सुझाव पनि दिएका छन्।
यस्ता छन् कोशी प्रदेशको बजेटका लागि सुझाव
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19