काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि ‘क्विक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ।

‘क्विक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडसक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो। सम्झौताअनुसार सिद्धाथ बैंकले आफ्ना  ग्राहकलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउनेछ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ। 

‘क्विक भुक्तानी’ यस्तो अनलाईन प्लेटफार्र्म हो, जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर) हरु ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ। 

सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ। यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाई भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ। 

अधिकांश कारोबार उधारोमा हुने नेपालको व्यापारिक परिवेशमा ‘क्विक भुक्तानी’ एकदमै सान्दर्भिक र लाभदायक हुने विश्वास सिद्धार्थ बैंक तथा एफवान सफ्टद्वारा लिइएको छ। ‘क्विक भुक्तानी’ ले व्यवसायहरूबीच नगद प्रवाह सुधार गर्न मद्दत गर्दछ। जुन कोरोना महामारीका कारणले अर्थव्यवस्था सुस्ताएको वर्तमान अवस्थामा ज्यादै नै महत्वपूर्ण छ।