काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को आर्थिक वर्ष २०७७/७८ का लागि बम्पर प्रतिफल घोषणा गरिएको छ। 

योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको हिजो असोज २४ गते बसेको बैठकले यस योजनाका इकाइधनीहरुलाई करसहित सतप्रतिशत अर्था १०० प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरिएको हो। जसअनुसार इकाइधनीहरुलाई १ अर्ब रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

प्रतिफल वितरणार्थ बुक क्लोजको मिति भने पछि तय गरिने क्यापिटलले जनाएको छ।