काठमाण्डौ । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’को आर्थिक वर्ष २०७९–८०को लाभांश घोषणा गरिएको छ। 

योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले यो योजनाका इकाइधनीहरुलाई उक्त आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण गर्ने निर्णय क्यापिटल सञ्चालक समितिले गरेको छ। 

यो योजनाको लाभांश वितरणार्थ बुक क्लोजको मिति पछि तय गरिने क्यापिटलले जनाएको छ। 

यो योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आईएमई बैंक रहेको छ।