काठामाडौँ । राष्ट्रबैंकको वर्गीकरण अनुसार ‘घ’ वर्गको वित्तीय संस्था निर्धन उत्थान बैंक लिमिटेडको चुक्ता पूँजी एक अर्ब पुगेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रेमासिक अवधिमा नै बैंकको चुक्ता पूँजी एक अर्ब पुर्याएको थियो । भने जगेडा कोषमा सो भन्दा ८ करोड बढी २३ लाख ५० हजार बढी रकम छ ।
बुधबार सार्वजनिक पहिलो नौ महिनाको वित्तीय विवरण अनुसार वित्तीय प्रतिवेदन अनुसार बैंकको नाफा भने कम भएको छ । गत वर्ष ४४ करोड ७२ लाख खुद नाफा आर्जन गरेको बैंकले यस वर्ष ३९ करोड ९१ लाख मात्र खुद नाफा आर्जन गर्न सकेको हो । यो गत वर्ष यही अवधिसम्मको नाफाभन्दा करीव १० प्रतिशतले कमी आएको बढी हो ।
बैंकले संचालन मुनाफा र खुद ब्याज आम्दानीमा कमी आएकाले यस वर्षको खुद नाफा समेत प्रभावित भएको हो । गत वर्ष १ अर्ब ७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ९४ करोड ६५ लाख मात्र ब्याज आम्दानी गरेको छ ।
यसैगरी गतवर्ष ६९ करोड १० लाख खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्षको पहिलो नौ महिनामा ५७ करोड १३ लाख सञ्चालन मुनाफा आर्जन गर्न सकेको वित्तीय विवरणले देखाएको छ ।
समीक्षा अवधिसम्म संस्थाले १४ अर्ब ७८ करोड कर्जा परिचालन गरेका छ भने ७ अर्ब ८८ करोड निक्षेप संकलन गरेको छ ।
शून्य दशमलव ८३ प्रतिशत खराब कर्जा रहेको संस्थाको प्रतिशयर आम्दानी भने ५२ दशमलव २२ रुपैयाँ कायम भएको छ । मुल्य आम्दानी अुनपात १९ दशमलव ८४ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २ सय ८ दशमलव २३ रुपैयाँ छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19