काठमाण्डौ । कुनै कारण बिना नै पछिल्लो समय सेयर बजार घटाउने काम भइरहेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आक्रोश पोखेका छन् ।
उनले बजारमा हल्लाखोरहरुले अनावश्यक हल्ला गरी सोझा लगानीकर्तालाई फसाउने काम भइरहेको र यस्ता हल्लाखोरबाट लगानीकर्ता सतर्क रहनुपर्नेमा समेत जोड दिए ।
देशको आर्थिक वृद्धिदर उत्साहजनक भइरहेको, बजारमा तरलता फालाफाल रहेको, राजनीतिक स्थायीत्व रहेको बेला बजार नघट्नुपर्नेमा उल्टो भइरहेको दाबी गरे । ‘नआर्थिक वृद्धि घटेको छ अहिले, निरन्तर तेस्रो बर्षमा हामी ऐतिहासिक रुपमा हामी ६ प्रतिशत सात प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर लिँदैछौं । ५ प्रतिशत मुनिको मूल्यवृद्धि छ ।’ अर्थमन्त्रीले बुधबार प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा भने–‘कुनै क्षणिक अवस्थामा बजारमा तरलताको अलिकित अभाव भयो अरे भन्ने आधारबाट बजार घटेपनि अहिले बजारमा फालाफाल छ । राष्ट्र बैंकले अर्बौं रुपैयाँ प्रशोचन गरिराखेको छ । बजार तल जानुपर्ने कारण छैन ।’
सेयर बजारमा तीव्र चलखेल हुने गरेको समेत उनले दाबी गरे । भने–‘ बजारलाई अलिकति उत्तेजित गराएर मूल्य माथि पुर्याएर शेयर बेचेर निस्कने अनि फेरि बाहिर बसेर हल्ला गरेर शेयर बजारलाई तल ल्याउने र फेरि किन्ने । यी हल्लाखोरहरुसँग हामी शर्तक हुनुपर्छ । शेयर बजारका लगानीकर्ताहरुलाई म के भन्छु भने, कुनै हल्लाको पछि लाग्नु हुँदैन । तपाईको कम्पनी जहाँ लगानी गर्दै हुनुहन्छ, त्यहाँ नाफा दिएको छ भने तपाई सुरक्षित हुनुहुन्छ । कम्पनी घाटामा गईरहेको छ । कम्पनीको कारोबार पनि पारदर्शी छैन र तपाई शेयरको मूल्य बढी तिरेर किनिरहनु भएको छ भने तपाईलाई कसरी अर्थमन्त्रीले बचाउनसक्छ ?’
अन्तर्वार्ताको क्रममा उनले आफू सधैंभरि पूँजीबजार र यसको विकासप्रति सकारात्मक रहेको दाबी समेत गरेका छन् । ‘म सकारात्मक छु , सकारात्मक नै बोल्दिन्छु । हामीलाई राष्ट्रिय पूँजी निमार्ण गर्नुछ । पूँजी बजारको विकास गर्नुछ । राष्ट्रिय पूँजी निमार्ण गर्नलाई शेयर बजारको पनि महत्व हुन्छ । मानिसको बचत पूँजीकरण हुन्छ । त्यसको आधारबाट उद्योग खोल्नलाई, व्यवसाय संचालन गर्नलाई ऋण मात्र लिनुपर्ने अवस्था आउँदैन ।’ उनले भनेका छन् ।
सेयर बजारलाई स्थायीत्व प्रदान गर्ने बिषयमा आफूले बनाएको बजेटले धेरै कार्यक्रम समेटेको समेत उनको दाबी छ । ‘कुनै शेयरको मूल्य यति भनेर तोक्दिन्छ त अर्थमन्त्रीले ? विश्वका अर्थमन्त्रीहरुले यो शेयरको मूल्य यति हुन्छ म यति पुर्याइदिन्छु भनेर त भन्दैन होला नि ? अर्थमन्त्रीले त वातावरण बनाईदिने हो । शेयर बजारलाई स्वस्थ ढंगले अघि बढ्ने, कुशल ढङ्गले चलाउने, पारदर्शी ढङ्गले अघि बढाउने कुरामा सम्भवत मेरो बजेटमा सबैभन्दा धेरै सुधारका कुराहरु छन् ।’ उनले भनेका छन्–‘अर्थतन्त्रमा राम्रो हुँदा शेयर बजारले त्यसको स्वतः प्रतिविम्ब गरिहाल्छ । १२ सय भन्दा माथिको बेस प्राइस छ । कुनै खास परिस्थितिको प्राइसलाई अहिले जोड्न मिल्दैन र अहिलेको भोलि पनि जोड्न मिल्दैन ।’
बाँकी कुरा सुन्न यो अन्तर्वार्ता हेर्नुहोस्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago