काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले हालै बिक्री गरेको ऊर्जा ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार सूचीकृत भएको छ। 

निफ्राको ‘निफ्रा ऊर्जा ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो। 

यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख ८९ हजार ८१३ इकाइ सूचीकृत भएको छ। 

यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताहरुले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन्।