 
                     
                                
                             
                                    काठमाण्डौ । केही दिनदेखि निरन्तर घटेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ।
बजार लगातार घट्दा विभिन्न अड्क्लबाजी चलेको अवस्था थियो। आजको बढाइले आमलगानीकर्ता बजारप्रति आशावादी बनेका छन्।
सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल पनि आज बजार बढ्यो भन्नुभन्दा पनि घट्ने क्रम रोकिएको भन्नुपर्ने तर्क गर्छन्। ‘बजार लगभग २६०० को विन्दुबाट फर्किएको छ, यसले बजारमा करेक्सन लगभग पूरा भएको संकेत गर्छ’, उनले भने।
बस्यालले विगतको ट्रेन्डलाई केलाउँदै बजार अबको ४–५ महिनामा ४००० को विन्दुसम्म पुग्न सक्ने प्रक्षेपण गरे। ‘आज सुरुआती चरणमा बजार ७०–८० अंकले घटेर २६०० आसपासको विन्दुबाट फर्कियो’, उनले भने, ‘यही विन्दुमा सपोर्ट लिएर बजार पहिला पनि फर्किएको थियो। त्यसैले अब बजार त्यही लेभलबाट फर्किन सक्ने सम्भावना प्रबल देखिन्छ।’
बस्यालका अनुसार बजार २६०० को विन्दुबाट फर्किन्छ भने २३७० देखि ३२०० सम्मको विन्दुलाई एउटा वेभ मान्दा अबको तेस्रो वेभ ४०००–४२०० को विन्दुसम्म पुग्न सक्छ। ‘बजारले यही विन्दु (२६००) मा बलियो सपोर्ट लिन्छ वा लिँदैन भने कुरा केही दिनको कारोबारबाट मात्रै प्रस्ट हुनेछ’, उनले भने।
बजार घट्नु र बढ्नुमा ब्याजदर तथा तरलता मुख्य विषय नभएको बस्यालको भनाइ छ। ‘बजार जहिले पनि हामी (लगानीकर्ता) भन्दा स्मार्ट हुन्छ’, उनले भने, ‘अब सबै विषय सकारात्मक हुन्छ भन्ने देखिन्छ।’
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19