-भक्तराज रसाइली

काठमाण्डौ । अस्थिर सरकारका कारण दिक्क बनेको देश ५ वर्षका लागि स्थायी सरकार निर्वाचित हुँदै गर्दा उत्साहित थियो । धेरै क्षेत्रका जनता अब चाहि केही होला भनेर आशावादी पनि थिए । तर, सरकार बन्दै गर्दा कुनै एउटा क्षेत्रका जनता निराश थिए । त्यो क्षेत्र थियो पूँजीबजार । यहाँ लगानी गर्नेहरु स्थायी सरकार पाउँदा समेत निराश बन्नुपर्ने कारण थिए–अर्थमन्त्रीको रुपमा उदाएका डा. युवराज खतिवडा । 

पूँजीबजारप्रति पहिलादेखि नै अनुदार मानिने डा. खतिवडाले नै मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेपछि धेरैमा निराशा छायो । अर्थमन्त्री बनेपछि समेत उनले पूँजीबजारलाई अनेकन उपमा दिंदै लगानीकर्तालाई हतोत्साही बनाइरहे । उनकै अभिव्यक्तिका कारण हजारौं लगानीकर्ताले अरबौको सम्पत्ति गुमाए । बजारका अधिकांशको बुझाई यस्तै रह्यो । 

तर, आज परिस्थिति केही फरक बनेको छ । हिजोको दिनमा अर्थमन्त्रीको सानो भन्दा सानो नकारात्मक अभिव्यक्तिले समेत भूइँचालो जाने बजारमा आज उनको विषयमा उति सारो चासो देखिन्न । उनले कतै नकारात्मक अभिव्यक्ति दिइहाले भने पनि त्यसबाट बजारमा धेरै ठूलो प्रभाव समेत पर्न छाडेको छ । 

यति मात्र होइन, फागुन २० नजिकिँदै गर्दा कतिपय क्षेत्रका मानिसले अर्थमन्त्रीको रुपमा डा. खतिवडाको निरन्तरता हुन्छ कि हुँदैन भन्ने हिसाबकिताब गरिरहेका छन् । तर, अर्थमन्त्रीको रुपमा डा. खतिवडा रहून या नरहून, पूँजीबजारका धेरै लगानीकर्तामा चासो नै देखिन छाडेको छ । बुल रनमा सेयर बजारमा लगानी गरी पैसा छाप्न अभ्यस्त हुनेहरुको कुरा सुन्ने हो भने अब अर्थमन्त्रीमा डा. खतिवडा रहे पनि नरहे पनि उनीहरुलाई कुनै फरक पर्नेवाला छैन । कतिपयमा त जोसुकै अर्थमन्त्री भए पनि वा रहे पनि अब नेप्सेमा सुरु भएको बुल रनको उत्साह नघट्ने र यसले ऐतिहासिक उचाई चुमेरै छाड्ने दृढ विश्वास समेत देखिएको छ । 

बिजशालाले लगानीकर्ताको मनोविज्ञान बुझ्नका लागि तल्लोस्तरमै पुगेर मिनी सर्वेक्षण गर्ने काम गरेको थियो । सर्वेक्षणमा भेटिएका बहुसंख्यक लगानीकर्ताको एउटै निश्कर्ष देखियो । उनीहरुमध्ये अधिकांशसँग डा. खतिवडाको विषय उठाउँदा उनीहरुले भने–‘फरगेट डा. खतिवडा।’

अर्थमन्त्री खतिवडा आउनुुअघि अर्थतन्त्र अनुुत्पादनशील क्षेत्रमा केन्द्रित थियो । बैंक तथा वित्तीय संस्थाहरुले अनुुत्पादनशील क्षेत्रमा अत्यधिक कर्जा प्रवाह गरेका कारणसमेत मुुलुुकको अर्थतन्त्र धराशायी अवस्थामा पुुगेको थियो । मुुलुुक संघीय संरचनामा गइसकेपछि अर्थतन्त्र मजबुुत बनाउनु, राजश्व, कर तथा भ्याट छलीको प्रवृतिलाई निस्तेज पार्नेजस्ता ठूला चुनौति डा. खतिवडासामु थिए । 

यही बेला उनले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनिदिए । चलखेल गर्नेहरुलाई मसला मिलिहाल्यो । यही नाममा धेरैको अरबौं डूब्यो । बाठाले सोझालाई अझ बढी अत्याएर सस्तोमै सेयर थुपारे र अहिले बजारबाट पैसा छाप्ने शैलीमा रिटर्न लिइरहेका छन् । 

आज परिस्थिति बेग्लै छ । आर्थिक सूूचक बलियो बन्दै गइरहेको छ भने भित्रभित्रै फस्टाएको अनौपचारिक अर्थतन्त्रमाथि औपचारिक अर्थतन्त्रले जित हासिल गर्दै गएको छ । यस्तो अवस्थामा फेरि पनि समीक्षाको विषय बनेको छ–के अर्थमन्त्री खतिवडाको त्रासकै कारण बजार घटेको हो ? के अर्थमन्त्री सेयर बजारमैत्री भएनन्? बजारका लागि मुख्य भिलेन अर्थमन्त्री नै हुन् ? अब पनि अर्थमन्त्रीको रुपमा उनी रहिरहे भने त्यसले बजारमा के प्रभाव पार्ला ? हामीले यही विषयमा सक्रिय लगानीकर्ताहरुको धारणा बुझ्ने कोशिश गरेका छौ । हेरौं ब्रोकर हाउसमा भेटिएका कुन लगानीकर्ताले के भने ?

विदुर भट्टराई ,सक्रिय सेयर लगानीकर्ता
अर्थमन्त्रीले बजारलाई केही दिएका छैनन् । बरु धितोपत्र बोर्डका नवनियुुक्त अध्यक्ष सकारात्मक रुपमा पायौं । बियरिसको ३ वर्षे चक्र पूूरा भएका कारण अहिले अवस्था केही सहज भएको हो । अझै अर्थमन्त्रीले पूूँजी बजारका लागि चाहेमा धेरै गर्नसक्ने ठाउँ छ । अनलाइन प्रणाली अटोमेशनमा गए पनि यसको प्रविधिप्रति भने लगानीकर्ता अझै विश्वस्त हुन सकेका छैनन् । बजारले आफ्नो गति आफैं लिंदै गइरहेको छ । अर्थमन्त्री हटे बजारको गति थप उचाइमा पुुग्छ भन्ने मेरो बुुझाइ हो । अर्थमन्त्रीको रुपमा खतिवडा नै रहे पनि अब खासै फरक पर्दैन जस्तो लाग्छ । अर्थमन्त्रीले जानाजान बजार हस्तक्षेप गरे तल जान पनि सक्ला, तर गुुुपचुुप रहनुु भएमा भने बजार अब माथि गयो, कसैले रोक्न सक्दैन ।

दीपक कार्की, सक्रिय सेयर लगानीकर्ता
हिजो अर्थमन्त्रालय लगायत अन्य नियामकका रहेका नेतृत्वको अभिव्यक्तिले लगानीकर्ता निरुत्साहित भएको पक्कै हो । अझैं लगानीकर्तामा अर्थमन्त्रीले भूूलसुुधार र सकारात्मक हुुन्छन् भन्ने आशामा छन् । अर्थतन्त्रको मेरुदण्डका रुपमा वर्तमान सरकारले पूूँजीबजारलाई पनि हेर्ने वातावरण सिर्जना भर्खरै हुुँदै छ । करिब ४ वर्षअघि देखि लगानीकर्ता प्यानिक भइरहँदा कुुनै नियामक निकायबाट सकारात्मक सोच बनाउने क्रियालकलाप भएनन् । हाल लगानीकर्तामा सेयर बजारप्रति विश्वास बढ्दै र ब्याजदर घट्दै जानुुले सेयर बजार सहज र यसको आकर्षण बढेर गएको छ । अन्य क्षेत्रबाट लगानी डाइभर्ट भएर यहीँ आएको छ । अबका दिनमा सरकार र पूूँजीबजारको नियामक तथा सबै पक्षले मनोबल बढाई सेयरमा लगानीको वातावरण बनाउन जरुरी ठान्दछुु । उदाहरणका लागि अमेरिकी सेयर बजारको गिरावटमा राष्ट्रपतिको एक टुुइटले लगानी सुरक्षित तथा सुुनिश्चितता भयो । सरकारको यही एउटा सकारात्मक अभिव्यक्तिले पूूँजी पलायन रोक्न मद्धत गर्यो । अब यहाँ पनि सरकारले अमेरिकाबाट सिक्न अति आवश्यक छ, जसबाट हामी पूूँजी पलायन रोक्न सफल हुुनेछौं ।

बासुु श्रेष्ठ, सक्रिय सेयर लगानीकर्ता
पहिले अर्थमन्त्रीलाई अफवाह बनाइयो, तर हाल उनी बोल्दैनन् । अहिले त अर्थमन्त्री स्वयम् बजार बढाउन लागेको भान हुुन्छ । सायद पद जोगाउन पो हो कि ? अहिले हामीले बोर्डमा पाएका नवनियुुक्त अध्यक्ष सकारात्मक हुुनुु र बोर्डका नीति कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुुनुुले लगानीकर्ताको मनोबल उक्सेको छ । स्टक डिलरको दर्ता र ५८ बुुँदे सुुझाव कार्यान्वयन हुुनुुले समेत अब बजार उकालो गति नै समाउने पक्कापक्की भइसक्यो । अब अर्थमन्त्रीले पूूँजीबजारका लागि राम्रा नीति नियम बनाए समर्थन जनाउने पक्षमा म उभिएको छुु । तर, बजार अगाडि बढिसकेकोले उनी अर्थमन्त्रीको रुपमा रहे पनि नरहे पनि खासै फरक नपर्ला । 

नवराज घिमिरे, सक्रिय सेयर लगानीकर्ता
अर्थमन्त्री हट्ने आशा अझै पनि लगानीकर्तामा छ । बोर्ड अध्यक्ष सकारात्मक र स्टक डिलरका आगमनले लगानीकर्तामा मनोबल उठाउने काम भइरहेको छ । बजारमा तरलता सहजता र पछिल्ला समय अर्थमन्त्री सकारात्मक हुुनुु पनि सुुखद संकेत हो । मलाई लाग्छ हामीले हिजो बिर्सनै सक्दैनौं । कताकता अतीत बल्झन्छ र अर्थमन्त्रीप्रतिको विश्वासमा शंका लाग्ने गर्दछ । म चाहिँ पर्ख र हेरकै अवस्थामा पुुगेको छु। 

शीतल कोइराला, आर्थिक पत्रकार
अर्थव्यवस्थाको सम्पूूर्ण ज्ञान भएको एक मन्त्री अर्थमन्त्री अहिले हामीले पाएका छौं । उहाँमा मैले अर्थतन्त्रसम्बन्धी सैद्धान्तिक र व्यवहारिक दुुवै ज्ञान भएको बुुझेको छुु । अझ भनूूँ तल्लो तहदेखि उच्च ओहदासम्मको सम्पूर्ण ज्ञान उहाँमा भएकाले विशिष्टीकृत अर्थमन्त्री भन्न रुचाउँछुु । दोस्रो बजार स्पेकुुलेटिभ नै हुुन्छ । जहाँ नियमनको अझ धेरै आवश्यकतासमेत रहन्छ । बजार घटाइमा अर्थमन्त्री मुुछिनुुलाई आम लगानीकर्तामा गिरोहले भरिदिएको नकारात्मक छवि मात्र हो । यही नकारात्मक छविलाई देखाएर ठूूला र गिरोहले बजारलाई आफ्नो चङ्गुुलमा ल्याउने प्रयासबाट सोझासाझा लगानीकर्तालाई फसाउने काम भएकै हो भन्ने मेरो बुुझाइ हो । बचत परिचालनको माध्यम सेयर बजारलाई बनाउनुुपर्ने धारणा राखेका अर्थमन्त्रीको विचार साच्चै स्वागतयोग्य र मजबुुत अर्थतन्त्रका लागि राम्रो हो । बजारको तरलता, लोनेबल फण्ड पर्याप्त हुुुनुु र ब्याजदर कटौतीकै प्रभावले हाल सेयर बजार उक्सिरहेको छ । यति बेला भने अर्थमन्त्रीको को छ भन्ने कुरामा कसैको चासो छैन । हिजोको दिनमा उहाँलाई त चलखेलको बाहाना मात्र बनाउन खोजियो भन्ने यसले देखाउँछ । 

मजेन्द्र महत, पुराना सेयर लगानीकर्ता
हिजोको भताभुुङुग अर्थतन्त्र आज मजबुुत बन्दै गइरहेको छ । हिजो नबुुझेर नै अर्थमन्त्रीको खोइरो मात्र खनिएन कि सत्तोसराप गर्न पनि हामी लगानीकर्ता चुुकेनौं । त्यसरी गाली गर्नुु गलत भएको आज महसुुुस गरेको छुु । अर्थमन्त्रीलाई दोष दियौँ, तर वास्तविकता फरक रहेछ । अर्थमन्त्री खतिवडाले दीर्घकालीन रुपमा हेर्नुु भएको रहेछ, तर गलत हामीले ठान्यौं । हाल लगानीको वातावरण बन्दै गइरहेको मात्र  छैन कि सेयर कर्जामा लचक र अन्य क्षेत्रमा कर्जा प्रवाह कडाइ हुुुनुु अनि ब्याजदरमा करिब ५ प्रतिशतको गिरावटले समेत सेयर लगानीकर्ताको मनोविज्ञान सुुदृढ भएको हो । म त भन्छुु ब्याजदरमा अझै कटौती हुुनुुपर्छ । अनुुत्पादनशील क्षेत्रमा कर्जा प्रवाह घटाइनुुले पनि बजार बढ्न थप मद्धत गरेको देखिन्छ ।

श्यामसुुन्दर पाण्डे, सक्रिय युवा लगानीकर्ता 
अर्थमन्त्रीलाई दोष दिनुु गलत थियो । हामी प्यानिक भएर रुष्ट थियौं, सोही कुुरा केबल प्रष्फुुटन मात्र भएको हो । बजार अत्यन्त अण्डरभ्यालुुअड थियो । बजारले मजबुुत स्थायीत्व पाउन बजार अझै घट्नुुपर्छ जस्तो लाग्छ । अनि लगानीकर्तामा मनोबल अधिक बढ्ला । अब बजारले लगभग लय समातिसकेको र नियामक निकायको उल्लेख्य भूूमिकाको आशमा सेयर लगानीकर्ता छन्, यदि यसो हो भने बजारले अनि मात्र बुुल रनको यात्रा सुुनिश्चित गर्ने मेरो ठम्याइ छ ।

बसन्त नेपाल, सक्रिय लगानीकर्ता
म आफैंले सामाजिक सञ्जालमा अर्थमन्त्री बारे नकारात्मक टीका टिप्पणी गर्थेँ । तर अहिले अर्थमन्त्री सच्चिनुु भएको छ, सायद हाम्रै दबाब पो हो कि ! नागरिक लगानीकोषले स्टक डिलर ल्याउन अर्थमन्त्रीकै हात छ । बीमा कम्पनीहरुले समेत म्युृुचुुअल फण्ड ल्याउने नीति बनिसक्यो, अब बजारमा लगानीको माहौल विस्तारै बढ्दैछ । ब्याजदर कटौती, तरलता र बोर्ड अध्यक्षमाथि आम लगानीकर्ताले विश्वास र आशा राखेकै कारण मनोविज्ञान सकारात्मक र उक्सिएको हो ।