काठमाण्डौ । वाणिज्य बैंकहरुबीचको ‘बिग मर्जर’को हल्लाले बजार प्रभावित भएको छ । केही वाणिज्य बैंकहरुबीच बिग मर्जरका लागि सहमति हुन लागेको खबरले बजारमा सकारात्मक प्रभाव परेको हो ।
‘बिग मर्जर’मा जान लागेका भनिएका बैंकहरुको सेयर खरीदमा चाप देखिँदा समग्र बजारमा प्रभावित भएको देखिएको छ ।
मंगलबार नेप्से परिसूचक ११.०२ अंकले बढेर १२५३.०६ को विन्दूमा फर्किएको छ । यो दिन बलिया र राम्रा कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.४३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९४ अंकले सुधार भयो ।
यो दिन तीन उपसमूहको सूचकमा गिरावट आए पनि बाँकी सबै समूहको सूचक बढे ।
बिग मर्जरको खास प्रभावका कारण वाणिज्य बैंकहरुको सेयरमा खरीद चाप देखिँदा बैंकिङ परिसूचक ११.४२ अंकले बढ्यो ।
यस्तै, होटल समूह १४.४ अंकले बढेको यो दिन विकास बैंक समूहमा ८.९३ अंक, जलविद्युत समूहमा ६.६८ अंक, बित्त समूहमा ०.५९ अंक, निर्जीवन बिमा समूहमा १०७.३३ अंक, जीवन बिमा समूहमा ८७.२२ अंक, माइक्रोफाइनान्स समूहमा १३.४४ अंक, म्युचुअल फण्ड समूहमा ०.०८ अंकको बढोत्तरी भयो ।
यो दिन ट्रेडिङ समूह २.६२ अंकले घट्यो भने उत्पादन तथा प्रशोधन समूह २.६४ अंक र अन्य समूह ०.८३ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन १७० कम्पनीका १४ लाख ६६ हजार ८९७ कित्ता सेयर ४२ करोड ९४ लाख ७७ हजार २८८ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी मेगा बैंकले ४ करोड ९५ लाख बढीको कारोबार गर्यो । मेगा बैंक केही बलिया बैंकसँग मर्जरमा जाँदैछ भन्ने हल्लाले यो कम्पनीको सेयर खरीद गर्नेको संख्या अधिक देखियो ।
यस्तै, प्रभू बैंकले २ करोड ५४ लाख बढीको कारोबार गरेको यो दिन स्ट्याण्डर्ड चार्टर्डले २ करोड ४८ लाख, नेपाल बैंकले २ करोड ४५ लाख, सेञ्चुरी कमर्सियल बैंकले १ करोड ९२ लाख, एनआइसी एशिया बैंकले १ करोड ४३ लाख, प्राइम कमर्सियल बैंकले १ करोड २७ लाख, शिवम सिमेन्टले १ करोड ८ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ८ लाख र एनसीसी बैंकले १ करोड ५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
स्वरोजगार लघुवित्त विकास बैंक र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले धेरै कमाए । स्वरोजगारको मूल्यमा पोजिटिभ सर्किट लाग्यो भने जनउत्थानको मूल्य ९.४९ प्रतिशतको बढोत्तरी भयो ।
युनियन हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19