– धर्म मलासी
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले मंगलबारबाट लागू हुुने गरी पूर्ण रुपमा देशलाई लकडाउन गर्ने निर्णय गरेको छ। यो निणर्यसँगै अब घरबाट बाहिर निस्कन र भीडभाड गर्न प्रतिबन्ध लागेको छ। नियम उल्लंघन गरे सरकारले कारबाहीसमेत गर्न सक्ने जनाएको छ।
नेपालभन्दा अघि अमेरिका, बेलायवत,चीन, र युुरोपेली युुनियनका अन्य देशहरुले पनि लकडाउन गरिसकेका छन्। लकडाउन गर्ने निर्णयले सार्वजनिक स्थलमा मानिसको आवतजावत र चाप कम हुुने भएकाले कोरोना फैलन सम्भावना एकदमै कम हुुन्छ। जसले गर्दा यतिबेला विश्वका देशहरु लकडाउनमा उत्रिएका छन्।
उता विश्वका अनुुसन्धानकर्ता र वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सिन र उपचारका उपाय खोजिरहेका छन्। जसले पूर्णता पाउन पाउन अझै एक–डेढ वर्ष लाग्ने उनीहरुले बताइरहेका छन्।
यस्तोमा त्यतिन्जेलसम्म कोरोनाको दुुष्चक्रबाट बच्ने उत्तम उपायमध्ये सामाजिक दूरी बनाइराख्नुु सर्वाेत्तम उपाय हुुन सक्छ। तर सर्वत्र चासो र चर्चाको विषय बनेको लकडाउनले कसरी काम गर्छ ? र जोखिम कम हुुने जवान र स्वस्थ मानिसका लागि लकडाउन किन महत्वपूर्ण छ ? यसको जवाफ बुुझ्न एकदमै जरुरी छ।
१. लक्ष्य
इम्पेरियल कलेज लन्डनको एक नयाँ अध्ययनले लकडाउन गर्नुुको मुुख्य लक्ष्य भनेको भाइरसको रिप्रोडक्सन दर घटाउनुु र अन्य मानिसमा फैलनबाट रोक्नुु रहेको उल्लेख गरेको छ। लकडाउनको मुुख्य लक्ष्य भनेको रिप्रोडक्सन अर्थात ‘आर’ लाई १ भन्दा तल राख्नुु हो। अर्थात संक्रमितले एकभन्दा कमलाई संक्रमण फैलाउनुु भन्ने हो। यदि लकडाउनलाई सशक्त नगर्ने हो भने अहिले देखिएको मृत्युुदर तीन महिनामै उच्च विन्दुुमा पुुग्न सक्छ।
बेलायत र अमेरिकामा गरी ८१ प्रतिशत जनसंख्यामा संक्रमण फैलन सक्ने उक्त अध्ययनले देखाएको छ। यस्तै बेलायतमा ५ लाख १० हजार र अमेरिकामा २२ लाखले कोरोनाबाट ज्यान गुुमाउनुुपर्ने हुुनसक्ने अध्यनको निष्कर्ष छ। अध्ययनले लक्ष्यलाई ‘आर’ लाई १ भन्दा तल राख्न आइसोलेसन, सामाजिक दूरी, घरमै क्वारेनटाइन र कलेज, स्कुुल र विश्वविद्यालय बन्द गनुुपर्ने जनाएको छ।
के लकडाउनले साँच्चै काम गर्छ त ?
चीनको वुुहान सहरबाट सुरु भएको कोरोनाले विकराल रुप लिएपछि चीन सरकारले २३ जनवरी २०२० मा हुुवेई प्रान्तसहित वुुहान सहरलाई लकडाउन गर्ने निर्णय गरेको थियो। जहाँको जनसंख्या १ करोड १० लाख रहेको छ। त्यहाँ सार्वजनिक सवारीसाधनमा रोक लगाइएको थियो। लाखौँ मानिसलाई काम गर्न जान र विद्यार्थीलाई स्कुुल तथा कलेज जान रोक गाइएको थियो। त्यस्तै खाद्यान्न अनि औषधि बिक्रीवितरण गर्ने पसलबाहेक अन्य सबै पसल र स्टोरहरु बन्द गरिएका थिए।
सुुरुमा विश्वका देशहरुले चीनको यो कदमलाई त्यति रुचाएका थिएनन्। उनीहरुले चीनको लकडाउन गर्ने निणर्य प्रभावकारी नहुुने बताएका थिए।
यसअघि दसौँ लाख मानिसमाथि कहिल्यै नगरिएको यस्तो लकडाउन वास्तवमा एउटा नयाँ प्रयोग थियो। यो प्रयोग चीनमा सफल पनि भयो। चीनमा लकडाउन लागू भएपछि विस्तारै कोरोना संक्रमणका घटनामा कमी आउन थाल्यो। महामारीमा पुुगेको चीन अहिले अन्य देशमा स्वास्थ्य टोली लिएर पुुग्न थालेको छ। उसले लकडाउनबाट कारोना नियन्त्रण सम्भव छ भनेर सारा विश्वलाई देखाइदियो।
चीनको यो सफलतापछि नेपालसहित विश्वका देशहरुले उसको अनुुसरण गर्न थालेका छन्। कोरोनाको संक्रमण धेरै देखिएका इटली र स्पेन ९ मार्च र १५ मार्च देखि लकडाउनमा रहेका छन्।
यसरी सरकारको लकडाउन गर्ने निणर्यलाई सही ढंगबाट पालना गरी कोरोना रोकथाममा योगदान पुुर्याउनुु प्रत्येक नागरिकको कर्तव्य भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago