काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु भोलि बिहीबारबाट कारोबारमा आउने भएका छन्। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो योजनाका इकाइहरु सूचीकृत भएका छन्। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने गर्छ। सोहीअनुरुप यो योजनाका इकाइहरु पनि भोलिबाट कारोबारमा आउने भएका हुन्। 

कोष प्रवर्द्धक सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल रहेका यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ नेप्सेमा सूचीकृत भएको छ। 

नेप्सेले यो योजनालाई ‘एसएफईएफ’ कारोबार संकेत प्रदान गरेको छ।