काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्। ‘यो समयमा हामी अत्यन्त संकटमा छौँ। आर्थिक संकट केही हाम्रा सरकारी नीति, कोभिड र अन्तर्राष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो’, उनले भने, ‘तर, पछिल्ला केही समय रेमिट्यान्स र पर्यटकको संख्या बढेको छ। यो समयमा सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ। यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होइन हातेमालो गरेर संटकबाट पार लगाउने हो।’
वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले भने, ‘पछिल्ला दिनमा केही परिमार्जन त भएको छ। रोजगारी सिर्जना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो।’
मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित कार्यक्रममा ढकालले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ, तपाइँहरुले वातावरण बनाउनुपर्यो।’
ढकालले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दे सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे। उनले भने, ‘बरु तीन वर्षबाट दुईवर्षे कार्यकाल बनाऔँ। तपाइँहरु तीनैजना नेतृत्वमा पुग्न सक्नुहुन्छ तर यही अवस्थामा अघि बढ्दा दुईजना सक्षम व्यक्ति बाहिरिनुपर्ने निश्चित छ।’
ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक–फरक प्रदेशमा राख्ने जानकारी पनि दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19