काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’ मा आज मंगलबार दिउँसोसम्म ९ करोड १३ लाख बढी इकाइ खरिदका लागि आवेदन परेको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज आवेदन दिने अन्तिम दिन दिउँसो सवा ४ बजेसम्म ६३ हजार २९१ आवेदकबाट ९ करोड १३ लाख ७१ हजार २० इकाइका लागि खरिद आवेदन परेको छ। यो कुल ९१ करोड ३७ लाख १० हजार २०० रुपयाँबराबरको हो। 

प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको थियो। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। यो हिसाबले यो फन्डमा मागभन्दा ६३ लाख ७१ हजार २० इकाइका लागि खरिद आवेदन परेको छ। 

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्ने भनिएको थियो।

गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई निष्कासनको अनुमति दिएको थियो।