काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा लार्ज क्याप फन्ड’मा आज बुधबार साँझसम्म ९ करोड ७५ लाख बढी इका खरिदका लागि आवेदन परेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्म ६९ हजार ७४५ आवेदकबाट ९ करोड ७५ लाख ४ हजार २२० इकाइ खरिदका लागि आवेदन परेको छ। यो ९७ करोड ५० लाख ४२ हजार २०० रुपैयाँबराबरको हो।
यो फन्ड भोलि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।
प्रतिइकाइ मूल्य रु. १० दरका १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्मका लागि खरिद आवेदन दिन सक्ने छन्।
गत पुस १४ गते नेपाल धितोपत्र बोर्डले यो म्युचुअल फन्डलाई निष्कासनको अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19