काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा फ्लेक्सी फन्ड’को निष्कासन प्रक्रिया अगाडि बढेको छ। 

योजना व्यवस्था सानिमा क्यापिटले यो म्युचुअल फन्ड निष्कासन गर्नका लागि आइतबार (असार १७ गते) नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको हो। 

सेबोनले अनुमति दिएमा यो म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरका इकाइहरु सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिनेछ। 

यो खुलामुखी योजना हो। यसको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।