काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ।
आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश गरिएको थियो। योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ।
यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ। जसअनुसार १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।
नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने क्यापिटलले जनाएको छ।
यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago