काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले संयमित तथा विवेकशील भई सेयर बजारमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ।
ग्लोबल मनी विक–२०२३का अवसरमा सेबोनले सेयर बजारमा लगानी गर्ने युवा तथा सर्वसाधारण लगानीकर्तालाई २० बुँदे सन्देश सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो। ‘ धितोपत्र बजारमा समय–समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस्’, सेबोनको सन्देशमा भनिएको छ।
यसैगरी धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरणलगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमताअनुसार लगानी उपकरण छनौट गरी लगानीसम्बन्धी निर्णय गर्न पनि सेबोनले सुझाएको छ।
धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक, क्लब हाउस, युट्युब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारिक नहुने सेबोनले स्पष्ट पारेको छ। ‘ती अनुमान, प्रक्षेपण, विचार र परामर्शका आधारमा मात्र लगानीसम्बन्धी निर्णय नलिनुहोस्’, सन्देभमा उल्लेख छ।
सेबोनले आफूले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर (जस्तै– संस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर) र त्यसको विशेषता, फाइदा वा वेफाइदाका बारेमा जानकारी लिएरमात्र लगानी सम्बन्धी निर्णय लिन पनि लगानीकर्तालाई आग्रह गरेको छ।
यस्ता छन् सेबोन २० बुँदे सन्देश-
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago