-भक्तराज रसाइली

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ भरेका २ लाख २७ हजार ३ सय ६७ आवेदक रित्तो हात भएका छन् । 

सोमबार बिहान बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिंगमा भएको बाँडफाँडको क्रममा २७ हजार ३ सय आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । 

आइपीओ खरीदका लागि परेका २ लाख ५४ हजार ६ सय ६७ आवेदकमध्ये २ लाख २७ हजार ३ सय ६७ जना रित्तो हात भएका हुन् । 

यो कम्पनीको आइपीओमा २ लाख ५५ हजार ३ सय १६ कित्ता आवेदन परेकामा ६ सय ४९ आवेदन रद्ध गरिएको छ । 

मंसिर २ गतेदेखि ५ गतेसम्म खुलेको आइपीओमा लगानीकर्ताले अचाक्ली आवेदन दिएका थिए । 

यो कम्पनीलाई धितोपत्र बोर्डले कात्तिक १३ गते आइपीओ निश्कासनको अनुमति दिएको थियो । 

कम्पनीले २ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको थियो भने आफ्ना कर्मचारीका लागि १२ हजार र म्युचुअल फण्डहरुका लागि १५ हजार कित्ता सुरक्षित गरिएको थियो । 

कर्मचारीको तर्फबाट १ सय ९ जनाले आइपीओ खरीदका लागि आवेदन दिएका थिए । 

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार ५ सय कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।