काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडले आज(पुस १५ गते) देखि आयोजना प्रभावित दोलखाबासीका लागि आइपीओ निश्कासन गरेको छ ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २१ करोड मूल्यको २१ लाख ३ सय ५० कित्ता आइपीओ निश्कासन गरेको हो ।
इच्छुक स्थानीयले पुस २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । स्थानीयलाई न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।
यो कम्पनीले आइपीओ निश्कासनको माग गर्दै जेठ १८ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले मंसिर २७ गते आइपीओ निश्कासनको अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ९६ करोड ६१ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति पाएकोमा पहिलो चरणमा आयोजना प्रभावितका लागि निश्कासन गरेको हो ।
आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीको सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ्ग प्रदान गरेको छ ।
यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा तल रहेको भन्ने हो । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।
कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
कहाँबाट दिने आवेदन ?
यो कम्पनीको आइपीओमा स्थानीयले हिमालयन बैंकको गौरीशंकर शाखा, महालक्ष्मी विकास बैंकको चरिकोट शाखा, एनआइसी एशिया बैंकको चरिकोट शाखा, सिद्धार्थ बैंकको चरिकोट शाखा, सिन्धु विकास बैंकको मूढे, चरिकोट र सिंगटी शाखाबाट सेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
हाल यो कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना गौरीशंकर गाउँपालिकाको वडानम्बर ५, ६ र ८ मा अवस्थित छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago