काठमाण्डौ । आयोजना प्रभावितबाट बहिस्कृत भई न्यून कित्ता मात्र बिक्री भएको युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओमा दोश्रो दिन समेत उत्साहप्रद आवेदन परेन ।
दोश्रो दिन आइतबार साँझसम्म यो कम्पनीको आइपीओमा मागको तुलनामा ३८.१४ प्रतिशत मात्र आवेदन परेको हो । पहिलो दिन ११ प्रतिशतको हाराहारीमा आवेदन परेको थियो ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार दोश्रो दिनसम्म ३७ हजार २ सय ६५ आवेदकबाट ३३ लाख ९ हजार २ सय ४० कित्ता खरीदका लागि आवेदन दिएका छन् ।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको कित्ताको तुलनामा आवेदन परेको यो कित्ता ३८.१४ प्रतिशत मात्र हो ।
यो कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको सेयर समेत थपेर कुल ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर निश्कासन गरेको छ । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता कर्मचारीका लागि, ४ लाख ६६ हजार ३७० कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता भने सर्वसाधारणको भागमा परेको छ ।
बिक्री प्रबन्धकले आइपीओमा तेश्रो दिन केही बढी आवेदन पर्ने प्रवृति रहेकोले भोलि(सोमबार) केही बढी आवेदन पर्नसक्ने अनुमान गरेको छ।
विज्ञहरुले यस्ता कमजोर कम्पनीको आइपीओमा लगानी गर्नु भन्दा नगर्नु नै उत्तम हुने उनीहरुको राय छ । तर, लगानीको निर्णय लगानीकर्ता स्वयम्ले बुझेर लिनु चाहि उत्तम विकल्प हुनेछ ।
यो कम्पनीको आइपीओमा छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।
आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यसअघि यो कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म आयोजना प्रभावित दोलखाबासीका लागि २१ लाख ३ सय ५० कित्ता सेयर निश्कासन गरेको थियो ।
यो समयभित्र न्यून कित्ताका लागि मात्र आवेदन परेपछि बिक्री प्रबन्धकले माघ १३ गतेसम्मको अवधि थपेको थियो । तर, समय थप्दा समेत आवेदन परेन र १७ लाख ६६ हजार १५० कित्ता बिक्री भएन ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ९६ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने योजना बनाएको थियो ।
यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
आयोजना प्रभावित र सर्वसाधारणलाई समेत आइपीओ जारी गरिसकेपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब १० करोड पुग्नेछ भने कम्पनीमा सर्वसाधारणको सेयर हिस्सा ४६ प्रतिशत कायम हुनेछ ।
(कम्पनीको आइपीओमा लगानी गर्नुअघि यहाँ क्लिक गरेर विश्लेषणसहितको समाचार पढ्न नछुटाउनुहोला)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago