काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक समारोहबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडका जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।
महालक्ष्मीले हालसम्म २३ वटा शाखा तथा उपशाखा सञ्चालनको तयारी गरिसकेको छ ।
सम्झौतामा माछापुच्छ्रे बैंक लिमीटेडको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत रामश्ेवर श्रेष्ठले हस्ताक्षर गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago