काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को सुरुआत साउन १ गते बुधबारदेखि लागू हुने गरी सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई स्थायी लेखा नम्बर (पान) अनिवार्य गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै क्षेत्रका कर्मचारीहरुलाई पान अनिवार्य गरेको हो । अब एक हजारभन्दा बढीको खर्चका लागि पान अनिवार्य गर्ने नीति ल्याइएको छ ।
पान नभएका कर्मचारीलाई वितरण गरेको पारिश्रमिक, ज्याला एवं पान उल्लेख नभएको एक हजार रुपैयाँभनदा बढी मूल्यको बिजकबापतको खर्च कटट्टी गर्न नपाउने आर्थिक ऐनमा व्यवस्था गरिएको छ । अब यो नीति लागू भएसँगै अब कर्मचारीलाई पान बिना तलब दिन पाइने छैन ।
कर्मचारीले पाएको पारिश्रमिकको यकिन तथ्यांक थाहा पाउन पान अनिवार्य लागू गरिएको बताइएको छ । यसले गर्दा आयकर छली गर्ने सम्भावना न्यून हुने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
यसैगरी नयाँ आर्थिक वर्षसँगै बुधबारबाटै कर्मचारीका लागि लाग्ने करको सीमा दर वृद्धि भएको छ ।
गत वर्षसम्म एकललाई रु ३.५ लाखमाथिको आयमा कर लाग्यो भने अब रु ४ लाखभन्दा माथिमात्र आयमा कर लाग्नेछ । त्यस्तै दम्पतीलाई ४ लाखमाथिको आयरमा कर लाग्थो भने त्यो दर वृद्धि गरेर ४.५ लाख पुर्याइएको छ ।
त्यस्तै सामाजिक सुरक्षा कोषलाई नयाँ आर्थिक वर्षबाट स्वीकृत अवकाश कोषको मान्यता दिइएको छ । यस्तै शेयरका लगानीकर्ताको पूँजीगत लाभकर पनि ७.५% बाट घटेर ५% मा झरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago