काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अब वाणिज्य बैंकहरुले चाहे मात्र सेयर बजारलाई माथि उठाउनसक्ने दाबी गरेका छन् ।
विगत ४ वर्षमा सेयर बजारमा सूचिकृत कम्पनीहरु थपिएका र सेयरको आपूर्ति समेत अधिक रहेकाले बजार घटेको उल्लेख गर्दै बजार बढाउने महत्वपूर्ण खेलाडी वाणिज्य बैंकहरु नै रहेका दाबी गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकको १४ वटा शाखाको डिजिटल उद्घाटन समारोहमा बोल्दै उनले वाणिज्य बैंकहरु नै सेयर बजारका मुख्य खेलाडी रहेका उल्लेख गर्दै उनीहरुको बलियो र आकर्षक वासलातले मात्र अब बजार माथि जानसक्ने दाबी समेत गरे ।
‘बजारमा बैंकको सेयरको हिस्सा ठूलो छ, त्यसकारण सेयर बजारको मुख्य खेलाडी तपाई(वाणिज्य बैंक)हरु नै हो ।’ डा. खतिवडाले भने–‘नेपाली सेयर बजारको भविष्य बैंकहरुकै हातमा छ ।’
उनले सरकारले सीजीटी लगायतका करमा राम्रै छुट दिएको र बजार माथि उठाउने अनेकन प्रयत्न गरेको दाबी गर्दै बजारको भविष्य बैंकहरुको हातमा रहेको प्रष्ट्याए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago