काठमाण्डौ । बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीहरुलाई प्रतिकित्ता ७७० रुपैयाँका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले नगद लाभांशको प्रस्ताव गरेको हो । प्रास्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
यो कम्पनी नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो । कम्पनीको अहिले प्रतिकित्ता सेयरमूल्य १९ हजार ५०० रुपैयाँ हाराहारीमा छ।
कम्पनीले गत वर्ष १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले अघिल्लो वर्ष प्रतिकित्ता ७०० रुपैयाँले नगद लाभांश वितरण गरेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago