काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारको विकासको जिम्मेवारी लिएर बसेका निकायहरुले बल पास गर्ने काम गरेका भन्दै आक्रोश पोखेका छन् ।
नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभामा उद्घाटन मन्तव्य दिने क्रममा अर्थमन्त्री डा. खतिवडाले त्यस्तो आक्रोश पोखेका हुन् ।
उनले पूँजीबजारसँग सम्बन्धित सबै निकायहरु जवाफदेही र जिम्मेवार बन्नुपर्नेमा जोड दिंदै भने–‘अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से सबै जिम्मेवार बन्नुपर्छ ।’
उनले बजारका सम्बद्ध पक्षबीचको अन्तरनिकाय समन्वय अभावतर्फ संकेत गर्दै भने–‘हामी बजारमा हस्तक्षेप गर्दैनौ र हस्तक्षेप हुन पनि दिंदैनौं । सबैले स्वायत्तताका साथ काम गर्नुपर्छ । तपाईहरुबाट बल पास गर्ने काम नहोस् ।’
उनले पछिल्लो समय बजारमा पूँजीगत लाभकरको विषयमा समस्या आएको उल्लेख गर्दै यो समस्याको दीर्घकालीन समाधान खोजिनुपर्नेमा जोड दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago