काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको सोमबार बसेको बैंकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २२.५० प्रतिशत नगद लाभांश वितरणको प्रभावत गरेको छ ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइने र त्यहाँबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ ।