काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ ।

बैंकको गत कात्तिक २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर २२.५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित सेयर बैंकको यही मंसिर २३ गते हुने ३३ औँ वार्षिक साधारणसभाबाट पारित हुँदैछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैंकको प्रस्तावित लाभांशको हकदार बन्न आज आइतबारसम्म बैंकको सेयरधनी कायम हुनुपर्ने छ ।