काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ सर्लाहीको मलंगवा नगरपालिकामा र धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरमा शाखा कार्यालयहरुको विधिवत शुभारम्भ गरेको छ ।

मलंगवा नगरपालिकामा शाखा कार्यालयको समुद्घाटन मंसिर ९ गते नगरपालिकाका नगर प्रमुख निरसल साहले तथा छिरेश्वरनाथ नगरपालिकामा  मंसिर १० गते नगर प्रमुख योगेन्द्र पजियाले भव्य समारोह बीच गरे । चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्स कम्पनीको काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही न्यूरोडमा मूख्य शाखा सहित बनेपा, पोखरा, सबैला, तथा यी दुई शाखा समेत गरी जम्मा ६ शाखा र ललितपुरको पूल्चोक, महालक्ष्मीस्थान, काठमाण्डौको तीनकुने तथा भक्तपुरको थिमिमा गरी ४ एक्सटेन्सन काउण्टरहरु मार्फत निरन्तर बित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका सवै भूगोलको प्रतिनिधित्व हुने गरी शाखा बिस्तारको योजना राखेको फाइनान्स कम्पनीले निकट भविष्यमा देशका अन्य प्रमुख शहरहरुमा पनि नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना रहेको फाइनान्स कम्पनीका अध्यक्ष किशोर कुमार महर्जनज्यूले समारोहलाई सम्बोधन गर्ने क्रममा बताए । फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले वित्तीय क्षेत्रमा सरल, सहज र ग्राहकमुखी सेवालाई बढी प्राथमिकतामा राखी आधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रोग्रेशिभ फाइनान्सले प्रदान गर्ने वित्तीय सेवा तथा सुविधाहरुका बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा प्रोग्रेशिभ फाइनान्सका संचालकहरु लक्ष्मी प्रसाद महर्जन, समुन्द्रकाजी श्रेष्ठ, बजार व्यवस्थापन विभागका रबिन महर्जन, शाखा प्रबन्धकहरु ल्गायत त्यस क्षेत्रका वित्तीय संस्थाका पदाधिकारी, सहकारी संस्थाका प्रमुख, उद्योगी, ब्यापारी, संचारकर्मी, समाजसेवी, सरकारी कार्यालयहरुका प्रतितिधि, सुरक्षा प्रमुख तथा सर्वसाधारण व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।