काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको आकर्षक लाभांश स्वीकृत गरेको छ ।

राष्ट्र बैंकले साना किसान विकास लघुवित्तको प्रस्ताव लाभांश स्वीकृत भएको पत्र हिजो बुधबार संस्थालाई पठाएको हो । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ७८ करोड ६० लाख ३४ हजार ९१२.११ रुपैयाँको कुल २८.६८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा २७.२५ प्रतिशतले हुन आउने २१ करोड ४१ लाख ९४ हजार ५१३.५५ रुपैयाँबराबरको बोनस सेयर र १.४३ प्रतिशतले हुन आउने १ करोड १२ लाख ७३ हजार ३९५.४५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेको छ ।

राष्ट्रबैंकबाट लाभांश स्वीकृत भएपछि संस्थाले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने छ ।