काठमाण्डौ । सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघ बीच मुलुकभित्र नै रोजगार सृजना गरी आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उपलब्ध हुने विमा सुविधासहितको व्याज अनुदान कर्जा तथा निर्यातमा नगद प्रोत्साहनजस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा नजिकको सनराईज बैंकका शाखाहरुमार्फत उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सनराइज बैंकको प्रधान कार्यालय, गैह्रीधारामा हिजो बुधबार भएको एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्पmबाट संघका अध्यक्ष वीरेन्द्र जटि र बैंकको तर्पmबाट व्यापार बैंकिङ्ग प्रमुख हरिप्रसाद आर्चायले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशनबमोजिम रोजगार सृजना गरी आर्थिक उन्नति चाहने महिला उद्यमी तथा नेपाल राष्ट्र बैंकले तोकेको योग्यता पुगेका अन्य व्यक्ति तथा व्यवसायीले पनि नजिकको सनराइज बैंकसंग हातेमालो गर्न सक्ने बताए ।
यसै क्रममा गत पौष ७ गते भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघमा आवद्व उद्यमीहरुलाई बीमा, व्याजअनुदान तथा निर्यातमा नगदप्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा जानकारीमुलक कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण लघू, साना तथा मझौला उद्यमी÷महिला सदस्यहरुलाई उद्यमशिलता विकास सल्लाह, बीमा र व्याजअनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जालगानीमा सन्राइज बैंक हातेमालो गर्न तयार रहेको कुरा जानकारी गराईएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago