काठमाण्डौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लुजोन टापुमा लागू गरिएको लकडाउन उल्लंघन गरी समस्या निम्त्याउनेहरुलाई गोली हान्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। 

राष्ट्रपति डुटर्टेले बुधबार राति टेलिभिजन सम्बोधनमा यस्तो निर्देशन दिएका हुन्। लकडाउनका समयमा यदि कसैले झगडा गर्छ वा सुरक्षाकर्मीमाथि नै हमला गर्ने नियत राख्छ भने त्यस्ता गोली ठोक्न उनले निर्देशन दिएका हुन्। 

लकडाउनका समयमा खाद्यान्न माग गर्दै लुजोन टापुस्थित मनिलाको क्युजन सिटीमा भएको प्रदर्शनका क्रममा २१ जना प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो। स्थिति झनै जटिल बन्न थालेपछि राष्ट्र डुटर्टोले यस्तो आदेश दिएका हुन्। 

लुजोन टापुमा सरकारले एक महिना लामो लकडाउनको घोषणा गरेको छ। त्यहाँका जनताले सरकारले लकडाउन गरे पनि आफूहरुलाई कुनै किसिमको खाद्यान्न तथा राहात प्याकेज घोषणा गरेको बताएका छन्। – एजेन्सी