काठमाण्डौ। लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गरी विभिन्न ग्यास कम्पनीहरुले आज शुक्रबार देशभर खाना पकाउने ग्यास वितरण गर्दैछन्। 

नेपाल आयल निगमका अनुसार उपत्यकासहित देशका सबै जिल्लामा ओम ग्यास, नारायणी ग्यास, नेपाल ग्यास, एचपी ग्यास, गौरी शंकर ग्यास, कन्काई ग्यास, साइबाबा ग्यास, श्रीराम ग्यास, लुम्बिनी ग्यास, त्रिशूल ग्यास, मनोज ग्यास, भानु ग्यास, सूर्य ग्यास, आरती ग्यास, श्रीमाया ग्यास, मारुती ग्यासलगायत ग्यास वितरण हुँदैछन्। 

निगमका अनुसार सबै जिल्लाहरुमा वितरण गरिने ग्यासको परिमाण विवरण सबै उद्योग पठाएका छन्। तीमध्ये काठमाण्डौ उपत्यकामा मात्रै ओम ग्यासले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिन्डर ग्यास वितरण गर्दैछ। 

त्यस्तै नेपाल ग्यास उपत्यकाका ६३ डिपोमार्फत ६ हजार ४८० सिलिन्डर वितरण हुनेछ। एचपी ग्यसाले पनि उपत्यकासहित विभिन्न जिल्लामा ५ हजार ७९ सिलिन्डर ग्यास वितरण गर्दैछ। 

निगमले ग्यास नपाए हटलाइन ११४६ वा टोलफ्री नं. १६६००११००२८ सम्पर्क गरी वा ९८५१२७३४७९ तथा ९८५१२७३४३१ मा सम्पर्क गरी गुनासो राख्न सक्ने जनाएको छ। 

ग्यास वितरण हुने देशभरका डिपो तथा तिनका सम्पर्क नम्बरहरु –