काठमाण्डौ । कल्पना गर्नुुस त तपाइको दैनिक क्रियाकलाप सम्पूर्ण रुपमा एक स्मार्टफोन एपमा निर्भर भएको ! घरबाट बाहिर निस्कन, गाडी तथा रेल चढ्न, काममा जान, क्याफे, रेष्टुुरेन्ट, र सपिङ मलमा प्रवेश गर्न र तपाइले चाल्ने अन्य प्रत्येक चाल तपाइको स्क्रिनमा देखिएको रंगबाट निर्देशित होस् । जस्तै, हरियो रंग: तपाइ अगाडि बढ्न स्वतन्त्र हुुनुुहुुन्छ । रातो रंग: तपाइलाई प्रवेश गर्न निषेध गरिएको छ ।
माथि उल्लेख गरिएका यी सबै कुुरा कोरोना संकट पैmलिएको मध्यकालदेखि चीनका लाखौं मानिसहरुका लागि वास्तविकता बनेको छ । र, यसले चीनलाई कोरोनासँग लड्न सहयोग गर्ने भएकाले यो भविष्यमा पनि रहिरहन सक्छ ।
मोबाइल प्रविधि र ठूलो डाटाको भरमा चिनिया सरकारले मानिसको गतिविधि नियन्त्रण गर्न र कोरोना संक्रमण रोक्न रंगमा आधारित “हेल्थ कोड” प्रणाली प्रयोग गरेको छ । नागरिकलाई उनीहरुको स्वास्थ्य अवस्था दर्शाउन स्वतः सिर्जना हुुने शीघ्र प्रतिक्रिया कोड र सामान्य संक्षिप्तता क्युुआर कोड उपलब्ध गराइएको छ ।
अधिकारीहरुले हेल्थ कोडलाई अनिवार्य गर्न बाँकी भए पनि अधिकांश सहरमा यो एप नभएका मानिसहरु आफ्नो बसोबास भएको क्षेत्रभन्दा अन्त जान सक्दैनन्, अर्थात कुुनै सार्वजनिक ठाउँमा प्रवेश गर्न सक्दैनन् ।
कोरोना संक्रमण देखिएको तीन महिना बितिसक्दा र लकडाउन पनि विस्तारै हट्दै गर्दा सहरका सार्वजनिक स्थानहरुमा अझै पनि साना वर्गका बारकोडहरु रहेका छन् जसले मानिसको जीवनलाई निर्देशित गरिरहेका छन् ।
कोरोनासँग लड्न चीनको यस्तो प्रविधिलाई विश्वका अन्य देशले पनि पछ्याइरहेका छन् ।
अधिकारीहरुलाई कोरोना संक्रमित भएकाको पहिचान गर्न सजिलो होस् भनेर सिंगापुरले गत महिना कन्ट्राक ट्रेसिङ स्मार्ट एप लञ्च गरेको थियो ।
जापानले पनि यस्तै प्रकारको एप प्रयोगमा ल्याएको छ । रुसले पनि मानिसका गतिविधिहरु पत्ता लगाउन र लकडाउनलाई प्रभावकारी ढंगले लागू गर्न क्युुआर कोड प्रणाली भित्राएको छ ।
“महामारीलाई रोक्न यतिबेला प्रविधिले अहम भूमिका खेलेको छ ।” चीनको इकर्मस कम्पनी अलिबाबाका एआई विशेषज्ञ छियान सेङ हुुवाले सिएनएनलाई भने–“भाइरसको फैलावट रोक्न मानिसहरुको पहिचान हुुन आवश्यक छ जसका कारण यस्ता पहलहरु विश्वका अन्य ठाउमा पनि अपनाइँदैछ । ”
यसले कसरी काम गर्छ ?
चिनियाँ सरकारले देशको दुुई ठूला इन्टरनेट कम्पनी अलिबाबा र टेनसेन्टको सहयोगमा लोकप्रिय स्मार्टफोन एपमा स्वास्थ्य कोड प्रणाली होस्ट गर्ने घोषणा गरेको छ । अलिबाबाको मोबाइल पेमेन्ट एप अलिपे र टेनसेन्टको मेसेजिङ एप विइच्याट चीनमा लोकप्रिय रहेका छन् ।
चीनमा यि एपका करोडौं प्रयोगकर्ता छन् । यि प्लेटफर्ममा हेल्थ कोडहरु राखिनुु भनेको धरै मानिसमा पहुुँच हुुनुु हो । अलिबाबा रहेको पूर्वी जीझीएङ प्रान्तको सामुुन्द्रिक सहर हाङझोउ हेल्थ कोड प्रयोग गर्ने सहरहरुमध्येको एक हो । जहाँ यो कोडको प्रयोगबाट कसलाई क्वारेन्टाइनमा राख्ने भनेर निर्णय गर्ने गरिन्छ । यो प्रणाली फेब्रुअरी ११ मा अलि पेले लञ्च गरेको थियो ।
हेल्थ कोड प्राप्त गर्न नागरिकहरुले आफ्नो व्यक्तिगत जानकारी जस्तै नाम, राष्ट्रिय परिचयपत्र नम्बर अथवा पासपोर्ट नम्बर र फोन नम्बरलाई साइनअप पेजमा भर्नुुपर्ने हुुन्छ । त्यसपछि उनीहरुलाई आफ्नो यात्राको विवरण र बितेको १४ दिनमा कुुनै कोरोना संक्रमितसँग सम्पर्कमा आएको वा नआएको पुुष्टि गर्न भनिन्छ । त्यस्तै उनीहरुले कुुनै लक्षणहरु जस्तै ज्वरो, थकाई, सुुख्खा खोकी, रुघा, घाँटी दुुखाई र डाइरिया भए नभएको भनेर कोठामा चिन्ह लगाउनुुपर्ने हुुन्छ ।
सबै जानकारीहरु अधिकारीहरुले प्रमाणित गरिसकेपछि प्रत्येक प्रयोगकर्तालाई रातो, हरियो या त एम्बर क्युु आर कोड प्रदान गरिन्छ । रातो कोड भएका प्रयोगकर्ताले १४ दिनसम्म सरकारी क्वारेन्टाइन या त स्वयम् आफैं घरमै क्वारेन्टाइन बस्नुु पर्दछ । एम्बर कोड भएका प्रयोगकर्ताले सात दिनसम्म क्वारेन्टाइनमा बस्नुु पर्दछ । त्यस्तै हरियो कोड भएका प्रयोगकर्ताले स्वतन्त्र भएर सहर घुुम्न पाउँछन् ।
हेल्थ कोडले सार्वजनिक स्थानमा मानिसहरुको हिँडडुुल र गतिविधिलाई पत्ता लगाउने काम गर्दछ । सार्वजनिक स्थानमा मानिसहरु जाँदा क्युुआर कोड स्क्यान गर्नुु पर्छ । एकपटक पुुष्टि भएको संक्रमितको उपचारपछि अधिकारीहरुले बिरामीको तुुरुन्तै ब्याकट्रयाक गर्न सक्छन् र निजको सम्पर्कमा आएको मानिसहरुको पहिचान गर्न सक्छन् ।
कत्तिको प्रयोग हुुन्छ यो प्रविधि ?
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुुसार अलिपे ले लञ्च गरेको एक सातामै हेल्थ कोड चीनका सयभन्दा धेरै सहरमा पुुगेको थियो ।
उसका अनुुसार फेब्रुअरी १५ मा चीनको इ गभरमेन्ट अफीसले अलिपे लाई हेल्थ क्युुआर कोडलाई देशव्यापी फैलाउन यसको विकासलाई तीव्रता दिन निर्देशन दिएको थियो । अलीपेका अनुुसार फेब्रुुअरी महिनाको अन्तिमतिर यी क्युुआर कोडहरु २ सयभन्दा बढी सहरले अपनाइसकेका छन् ।
राज्यद्वारा सञ्चालित साइन्स एण्ड टेक्नोलोजी डेलिका अनुुसार टेनसेन्टको हेल्थ कोड सिस्टम पनि गत महिना सम्म ३ सयभन्दा धेरै सहरमा फैलिसकेको छ । बेइजिङले मार्च १ मा अलिपे र विईच्याट मार्फत आफ्नो पहिलो तीनवटा रंगयुुक्त क्युु आर कोड सार्वजनिक गरेको थियो ।
रंगयुुक्त कोड प्राप्त गर्नुुअघि प्रयोगकर्ताले आफ्नो नाम र आइडि नम्बर प्रदान गर्नुुका अलावा फेसियल रिकग्निसन पनि रजिष्टर गर्नुुपर्ने हुुन्छ ।
वुुहानमा विस्तारै यात्रा प्रतिबन्ध हट्दै जानुुमा क्युु आर कोडले पनि मुुख्य भूमिका खेलेको छ । मार्च १० मा वुुहान प्रान्तले प्रान्तभित्रै आवतजावत गर्न चाहनेका लागि हेल्थ कोड प्रदान गरेको थियो । प्रान्तीय महामारी नियन्त्रण डाटाबेसका आधारमा रंगहरु निर्धारण र प्रदान गरिएको थियो ।
कोरोनाको उपचार भएका, कोरोना भएको आशंका गरिएका र ज्वरो आएका मानिसहरुलाई रातो रंग प्रदान गरिन्छ । यी व्यक्तिको नजिकको सम्पर्कमा भएका मानिसहरुलाई पहेँलो कोड दिइन्छ भने डाटाबेसमा कुुनै पनि रेकर्ड नभएकालाई हरियो कोड दिइन्छ । हरियो कोड पाउनुुको अर्थ उनीहरु स्वस्थ छन र यात्रा गर्न सक्छन ।
क्युुआर कोडका रंगहरुले मानिसहरुको हिँडडुुल निर्धारण गर्ने काम गर्दछ । हरियो रंग भएकाले प्रान्तभित्र स्वतन्त्र भएर हिँडडुुल गर्न सक्छन् । एम्बर रंग भएकाले यात्रा गर्न अनुुमति दिइँदैन । रातो रंग भएकालाई उपचार गरिन्छ र क्वारेन्टाइनमा राखिन्छ । हुुर्वइ र वुुहान छोड्ने संग मोबाइलमा हरियो क्युुआर कोड हुन आवश्यक पर्दछ ।
के कस्ता छन् समस्याहरु ?
प्रविधिको सबै उत्पादनका जस्तै हेल्थ एपहरु पनि सही हुँुदैनन् । यसले गल्तीहरु गर्न सक्छ र प्रयोगकर्तालाई गलत रंग कोडहरु प्रदान गर्न सक्छ र गलत व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सक्छ । अलि पे रहेको हान्झोउ सहरका केही बासिन्दाहरुले सामाजिक सञ्जालमा आफूहरुलाई गलत कारणवस रातो कोड प्रदान गरिएको बताएका थिए । उनीहरुले आफूहरुलाई सामान्य फ्लुुको लक्षणहरु जस्तै रुघा, बन्द नाक र थकानहरु देखिएकोमा पनि रातो कोड दिइएको बताएका थिए ।
यो एप लञ्च भएको केही समयमा नै हान्झोउ प्रान्तका अधिकारीहरुलाई आफ्नो कोडको बारेमा जान्न मानिसहरुले प्रश्न तारन्तार हटलाइन नम्बरमा फोन गरेका थिए र आफ्नो कोडलाई अनलाइनमा पुुनरावलोकन गर्न माग गरेका थिए ।
प्रतिबन्धहरु हटेसँगै मानिसहरुले आफ्नो यात्रा पुुनः सुुचारु गर्न थालेपछि अर्काे सम्स्या आइलागेको छ । सबै सहर र प्रान्तहरुले एकअर्काको हेल्थ कोडलाई पहिचान गर्न सकिरहेका छैनन् । यसले समस्या निम्ताएको छ ।
(एजेन्सीहरुको सहयोगमा तयार रिपोर्ट)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago