काठमाण्डौ । जर्मनी चान्सलर एंगेला मार्केलले विश्वव्यापी महामारी कोरोनाभाइरस दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छन्।

बर्लिनमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चाान्सलर मार्केलले यो चुनौतीसँग लड्न सबै देश एकजुट हुनुपर्ने बताएकी छन्। उनले भनिन्, ‘यो भाइरससँग लड्न चलाखी र सतर्कता अपनाउन आवश्यक छ।’

मार्केलले यो संकटको सुरुआत त अबमात्र भएको बताएकी छन्। ‘हामीले यो संकटका साथ लामो समयसम्म जिउनुपर्छ’, जर्मनी जनतालाई लक्षित गर्दै उनले भनिन्, ‘यो भाइरससँग जुझ्न विल्कुलै अलग तरिकाले हामी तयार हुनुपर्छ।’

जर्मनीमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या १ लाख ४८ हजारभन्दा बढी भइसकेको छ भने ज्यान गुमाउनको संख्या ५ हजार १०० को हाराहारीमा पुगेको छ।